
निजगढ नगरपालिकाले चालूआर्थिक वर्षमा पशु बिमा गर्ने किसानको बिमाको अनुदान रकम भुक्तानी दिने भएको छ । नगरपालिका कार्यालयले सूचना सार्वजनिक गर्दै रकम भुक्तानी दिने जानकारी गराएको हो ।
नगरपालिका पशु सेवा शाखा प्रमुख नवल युगल किशोर सिंहका अनुसार नगरपालिका कार्यालयको पशु सेवा शाखाबाट बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाई र भैसीको बिमा गर्ने सबै वडाका किसानलाई अनुदान बापतको ५० प्रतिशत रकम भुक्तानी गर्न लागेको र सोको लागि बिमाको पोलिसी र नेपाली नागरिकताको प्रमाणपत्र सहित निजगढ नगरपालिका पशु सेवा शाखामा उपस्थित हुन किसानहरुलाई आग्रह गरे ।
कार्यालयबाट बिमा रकम भुक्तानी हुदैँ आएको जनाइएको छ । निजगढ नगरपालिकामा करिव ३ सय किसानले १ हजारभन्द बढी पशुको बिमा गरेका छन ।