करिब तिन बर्षअघि बाराको अमलेखगंजमा हत्या गरिएका निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षिय लालध्वज लामा ‘सानू’ को हत्या प्रकरणको आरोपमा पक्राउ परेका १ महिलासहित ४ जनालाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत बाराका न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले मगंलबार निजगढ वडा नम्बर–८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर ९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्र बहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।
२०७७ साल असार २१ अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता बनेका लालध्वजको २०७७ असार २८ गते जितपुरसिमरा उप–महानागरपालिका वडा नम्बर– २२ अमलेखगंजस्थित २ नम्बर पुल पुर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । लालध्वजको शव सडेर गलेको र हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएको अवस्थामा शव फेला परेको थियो ।
अपराधिहरुले धारिलो हतियार प्रयोग गरी हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएर हत्या गरेका थिए ।
इलाका प्रहरी कार्यालय सिमरामा मृतकको दाजु आसमान लामाले दिएको किटानी जाहेरीपछि उनीहरुलाई प्रहरीले साउन २५ गते पक्राउ गरी अनुसन्धान थालेको थियो ।
उनको दुबै हात, खुट्टा र लिङ्गसमेत काटिएको थियो । उनको पेट र गर्धनमा समेत हारिलो हतियार प्रयोग गरिएको बताईएको थियो । सडी सकेको अवस्थामा फेला परेको उनको शवको प्रकृति हेर्दा दुई वटा हात, दुई वटै खुट्टा धारिलो हतियारले गिडिएको, शरिरमाधारिलो हतियार प्रहारगरिएको अवस्थामाशव फेला परेको भन्दैहत्या नैं भएको आशंका घर परिवार र आफन्तलेलगाउदै घटनामा संलग्न दोषीको पहिचानगरि कडा कारवाहीगर्न मागगर्दै आई रहेका थिए ।
हत्या घटनामा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई घटना भएको एक साताभित्र नैं पक्राउगरि लामो अनुसन्धान गरेका थिए । प्रहरीले घटनामा संलग्नभएको जनाउदै उनीहरुलाई मद्दा दायर गरेको थियो ।