लायन्स क्लब अफ निजगढ सिटीद्वारा निजगढ नगरपालिकामा दुई स्थानमा वृक्षारोपण गरेको छ । क्लबले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित गौरीशंकर क्याम्पसको प्राङ्गण र निजगढ नगरपालिका वडा नम्बर १० को लालस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेको हो ।

क्लबका अध्यक्ष विष्णुगोपाल रिसालको अध्यक्षतामा गौरीशंकर कलेजको प्राङ्गणमा भएको सो कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, अतिथिहरु निजगढ नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, गौरीशंकर क्यम्पसका प्राचार्य रामप्रसाद गौतम, उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र लायन्स पदाधिकारीले अशोक, धुपी, कटहर, आँप र लचीका २५० बिरुवा रोपेको थिए ।

लालस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा गरिएको वृक्षारोपणमा भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धार्थ लोप्चनलगायत विद्यालयका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रम सञ्चालन पास्ट जोन चियर्स पर्सन खड्गप्रसाद उप्रेतीले गर्नुभएको थियो । लायन्स क्लबको वार्षिक क्यालेण्डर अनुसार वृक्षारोपण कार्यक्रम गरिएको क्लबका पास्ट प्रेसिडेन्ट मणिश्वर घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय