“धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने राष्ट्रिय नाराका साथ निजगढ नगरपालिकाले १९ औँ राष्ट्रिय धान दिवस बुधवार रोपाई कार्यक्रमको आयोजना गरेर मनायको छ ।

दिवसको अवसरमा निजगढ–५ को दुग्ध उत्पादक सहकारी संस्था नजिकै नगरपालिकाले धान दिवस तथा रोपाई उत्सव मनाएको हो । रोपाईमा नगरापलिकाका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण सहभागि भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरथ पुरीले नगरपालिकाले कृषि सामग्रीलाई आधुनिकता र प्रविधिमैत्री बनाउँदै किसानहरुलाई आधुनिक खेतीतर्फ अघि बढाईने बताउनुभयो । नगर प्रमुख पुरीले नगरमा अर्गा्निनक खेति गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र कृषिमा विषादी न्यूनीकरण गर्न नगरपालिकाले जोड दिने बताउनुभयो ।

त्यस्तै उपप्रमुख सोममाया थिङ्गले धान उत्पादनमा वृद्धि गर्न आधुनिक कृषि प्रणालीलाई अपनाउन आग्रह गनुभयो । कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर विजयी, वडा नम्बर ६ का वडा अध्यक्ष धनश्याम तिमल्सिना, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय