
लायन्स क्लब अफ निजगढले नयाँ कार्यसमिति गठन गरेको छ । शनिवार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । बैठकबाट प्रेसिडेन्टमा अरुणकुमार साह सर्बसहमतबाट चयन भएका छन ।
यस्तै पहिलो भिपीमा राम कृष्ण नेपाल चयन भएका छन भने दोस्रो भिपीमा नवराज शर्मा, सेक्रेटरीमा राम चौलागाई र ट्रेर्यजरमा कैलाश बहादुर तिमल्सिना रहेका छन भने बाकी अन्य पहिलाकै समितिलाई निरन्तरता दिएको साहले निजगढ न्युजलाई जानकारी दिए ।
बैठकमा लायन्सका मधेश प्रदेश ड्रीस्टिक कोडिनेटर बिनोद भारती, ड्रीस्टिक एडिसन्ल क्याबिनेट ट्रेर्यजर दिपेन्द्र श्रेष्ड, पुर्ब प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । आज चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने बताइएको छ ।