निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मंगलवार दिउसो लाखौं मुल्य बराबरको सुनका गहना चोरी भएको छ ।

चोरहरुको समुहले खरेलको घरको मुल ढोका फोरर दराज र सन्दुकमा राखिएको नगदसहित २६ लाख रुपैया मुल्य बराबरको सुनका गहना चोरी गरेका हुन । घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउसो ४ बजेको अवधिमा चोरी गरेको उनले जानकारी दिए ।

आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले बताए । उनले घरको मुल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्थक्कसंग सुनका गहना खोजेर लगेको बताए ।

यता ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा हिजो दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय