‘माटो जोगाऔं’ अभियान लिएर तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका पर्वतका नविन पुन मगर आठौं दिन बारा आईपुगेका छन् । गत आइतबार काठ्माण्डौदेखि माटो बचाउन दौड सुरु गर्नुभएका पुन करिब ३ सय किमि दौडेर निजगढ आइपुगेका हुन ।

पुन सहित यस अभियानका सदस्यलाई निजगढमा गौरी शंखर फाउडेसनले स्वागत गरिएको छ । अभियानलाई निजगढमा गौरीशंकर फाउडेसनका अध्यक्ष खड्गराज मैनाली र सचिब दिपक सापकोटाले स्वागत गरिएको थियो ।

माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सदेशका साथ ३ हजार ५ सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने योजना रहेको अभियानका सदस्य सनम लिम्बुले बताए । अहिले माटोमा जैविक मात्रा घट्दै गएको उनको भनाइ छ । यही कारण उत्पादकत्व घट्नुका साथ स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको उनले बताए ।

यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको २० देखि २५ वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने अर्का अभियानका सदस्य निर्मल श्रेष्ठको भनाइ छ । ‘माटोको जैविक मात्रा बढाउन नसक्ने हो भने अबको २०–२५ वर्षमा खानका लागि युद्ध हुन्छ । लेखेर राख्नुस् हामीले माटो बचाउन सकेनौं भने खानकै लागि युद्ध हुन्छ’, उनले भने ।

हरेक सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुँने गरेको पुनले बताए । उनले माटोमा रसायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने र यसका लागि सरकारले नै नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उनी काठमाडौंबाट धादिङ हुँदै पर्साको बिरगज भएर बाराको निजगढ आएका हुन् । नविनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔं भन्दै दौड सक्ने योजना रहेको बताए ।

‘अहिले माटो मर्दै गएको छ । माटो स्वस्थ भए हामी स्वस्थ हुन्छौं’ उनले भने, ‘हिजो हामिले खानेकुरामा जति पाउने शक्ति थियो अहिले त्यो घटेर छ त्यसको दशगुण खाँदा पनि हामीलाई चाहिने शक्ति प्राप्त हुदैन । त्यसैले माटोको क्षमता बढाउन र माटोलाई स्वस्थ राख्न हामी सबैले सहयोग गर्न पर्छ’ पुनले भने ।

अहिले विश्वव्यापी रुपमा नै माटो जोगाऔं अभियान चलिरहेको छ । यो अभियान सद्गुरुले सुरु गरेका हुन् । यहि अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरेका थिए। यसका लागि फाउण्डेशनले देशभर तीन हजार स्वयंसेवक परिचालन गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय