बाराको निजगढमा निर्माणधिन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण बनाई दिनका लागि मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबू राउतसँग आग्रह गरेको छ । निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले मधेश प्रदेशको राजधानी जनकपुर पुगेर मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरिएको हो ।

निजगढ विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर जनकपुर पुगेको टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएको छ । टोलीले मुख्यमन्त्री कार्यालय जनकपुर पुगेर मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका निम्ति मधेश प्रदेशबाट पुर्ण सहयोग हुने र निजगढ विमानस्थल निर्माण भए मधेश प्रदेशको आर्थिक, पर्यटन र बिकासको मेरुदण्ड हो यो आयोजनाले देशकै गेम चेन्जरको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजना निर्माण पक्षयात रोजगर, बिकास र आर्थिक कायापलट हुने निजगढमा बन्ने विमानस्थलको कुनै विकल्प नरहेको उनको भनाइ छ । निजगढ विमानस्थल तत्काल निर्माण गर्नुपर्ने उनको जोड थियो । उनले मुलक र मधेश प्रदेशको सर्वाङ्गिण विकासको लागि विमानस्थल निर्माण आवश्यक भएकोले यसको निर्माणको लागि आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने बताए ।

कुनैपनि हालतमा निजगढ विमानस्थल बन्नुपर्छ र कुनैपनि बहानाले यो आयोजनालाई आलटाल गर्नु हुन्न मुख्यमन्त्री राउतले भने कोहि कसैले स्थान परिवतर्न गर्ने सोचेको छ भने यो हुन दिनुहुन्न ।

मुख्यमन्त्री राउतले सर्वोच्च अदालतबाट आउने पुर्णपाठमा फैसला पुनरावलोकन हुनेमा आफु बिश्वस्थ रहेको बताए ।

यस्तै, मधेश प्रदेशका संसद राम बाबु यादवले विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएका छन । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै बिकल्प नरहेको बताएका छन । उनले कुनैपनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्नेमा जोड दिए ।

यस अघि उनीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपाल, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, पर्यटन मन्त्री प्रेम आले, अर्थ मन्त्री जनार्थन शर्मा, वन मन्त्री रामसहाय प्रसाद यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेन, लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्त ठाकुर तथा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्त्व, जनता समाजववादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगाएतलाई विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गरेका हुन ।

जेठ १२ गते निजगढ विमास्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत निजगढ विमानस्थल निर्माणमा सहयोग पुर्याउन आग्रह गरिएको हो ।

उनीहरुले निजगढ विमानस्थल निर्माण गर्न यति धेरै जमिन किन चाहियो पनि सुनिएको छ, विमानस्थलको रन्वे र टर्मिनल भवन लगायतले जति जमिन ओगट्छ, त्यति क्षेत्रमा मात्रै रुख काटिने उल्लेख गर्दै त्यसबाहेक विमानस्थलले ओगट्ने अन्य सब जमिनमा रुख विरुवा हुर्काएर हरियाली र सिमसार क्षेत्र कायम गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

यता, निर्माणको सुनिश्चितता नभए चर्को आन्दोलन गर्ने निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बताए ।

वातावरणीय सन्तुलन कायम गर्दै यो विमानस्थललाई ‘ग्रिन एयरपोर्ट’ बनाउनुपर्छ भनि आफूहरुको चाहना रहेकाले विमानस्थल निर्माणमा पहल गरिदिन सबै दल र पक्ष्यलाई आग्रह गरिएको छ ।

बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारा र काठमाडौंमा विरोध हुँदै आएको छ । काठमाडौंको माइतीघरमा र बाराको बिभिन्न स्थानीय तहमा गत १२ जेठदेखि नै निरन्तर रूपमा राके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको छ भने बिगत ९ दिन देखि बारको निजगढमा रिले अनशन समेत जारी छ ।
बाराका बिभिन्न सरोकार समिति र स्वतन्त्र युवा विघार्थी सरोकार समितिले बारामा चक्काजाम र धर्ना जारी छ । स्थानीयले अदालतको फैसला पुनरावलोकन गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय