काठमाण्डौ । सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गरिने बताउनु भएको छ । मन्त्री आलेले अर्थ मन्त्रालयले आवश्यक बजेट नदिएको गुनासो गर्दै बजेटको श्रोत ब्यबस्थापन गरी निमार्ण प्रक्रियामा जाने बताए ।
बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढ सरोकार समिति र स्वतन्त्र युवा समुहका वक्तीहरु काठमाडौंमा डेलिगेसनमा आएकाहरुलाई मन्त्री आलेले सो कुरा बताएका हुन । सर्वोच्च अदालतको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गर्दै मन्त्री आलेलाई समितिका संम्योजक एक बहादुर श्रेष्ठले ज्ञापन पत्र दिएका छन् ।
विरोधमा विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर अर्थ मन्त्री जनार्थन शर्मालाई समेत आफ्ना माग ज्ञापन पत्र पेस गरेका हुन । अर्थ मन्त्री शर्माले आगामी चुनाब भन्दा अगाडीनै यो सरकारले नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको शिलनायास गर्ने दाबी गरे । पर्यटन मन्त्रालयले चाहेमा तत्काल टेन्डर आव्हान गर्न सक्ने र रकमको कमि भएमा अर्थ मन्त्रालयले त्यसको आवश्यक बजेटको उपलब्थ गराउने उनले भेटमा बताए ।
निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेनलाई पनि ज्ञापन पत्र बुझाएका छन । राप्रपाका अध्यक्ष लिडदेनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै बिकल्प नरहेको बताएका छन । उनले कुनैपनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्नेमा जोड दिए ।
डेलिगेसनका निम्ती बाराबाट निजगढ सार्वजनिक सरोकार समिति संयोजक श्रेष्ठ, उपसम्योजक पदम बहादुर भण्डारी, युवा विद्यार्थी स्वतन्त्र सरोकार समिति संयोजक जयराम कुवर, कोल्हबी सार्वाजनिक सरोकार समिति संयोजक ढुण्डिराज उप्रेती, पुर्व मन्त्री तथा एमाले नेता पुरुषोतम पौडेल, एमाले नेता अच्युत मैनाली, नेपाली काँग्रेस बाराका जिल्ला सदस्य कृष्ण प्रसाद खरेल, राप्रपाका निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती, नेकपा एसका निजगढ नगर अध्यक्ष भिमसेन प्रसाद सापकोटा, लोसपाका निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, निजगढ नगरपालिकाको निवर्तमान उपप्रमुख लिला देवी लामीछाने खनाल, यम बहुदुर खड्का, अम्बिका चौलागाई, निर्मल बजगाई, धनश्याम तिमल्सिना, गोपाल लम्साल, पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, पत्रकार महासंघ बाराका कार्य समिति सदस्य ईन्दिप कोईराला,प्रल्हाद तिमल्सिना, गेस कुमार श्रेष्ठ लगाएतको सहभागीता रहेका थियो ।
२०५१ सालमा प्रारम्भिक सर्वेक्षण भई २०५६ सालमा निर्णय भएको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको डिपीआर, जग्गा प्राप्ति तथा वातावरणीय प्रभाव मूल्यांकन कार्य पुरा गरेर मुआब्जा वितरण प्रकिृया समेत अन्तिम चरणमा पुगिसकेको राष्ट्रिय गौरवको परियोजना हो ।
बाराको बिभिन्न स्थानिए तहमा विगत बाह्र दिन देखि निरन्तर रुपमा राके जुलुस, चक्काजाम र प्रदर्शन हुदै आएको हो । स्थानीयले अदालतको फैसला पुनरावलोकन गर्न माग गरेको छन्, फैसला पुनरावलोकन नभएसम्म संघर्षका कार्यक्रहरु जारी राखिने उनीहरुले बताएका छन् ।