निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आईतबार बिहान सम्पन्न मतपरिणाम अनुसार संघमा श्रेष्ठको प्यानल नै बिजयी भएको छ ।

मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले बिजयी भएका हुन् । श्रेष्ठले १ सय ८९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी रवि कुमार वर्तौलाले १ सय ३ मत प्राप्त गरे ।

३ सय ७६ मतदाता रहेकोमा निर्वाचनमा ३ सय ७ मत खसेको थियो । मत परिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरुलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

संघको प्रथम उपाध्यक्षमा १ सय ६३ मत ल्याएर गोरखवहादुर खड्का, दिृतिय उपाध्यक्षमा २ सय मत ल्याई नवराज मैनाली, तिृतिय उपाध्यक्षमा २ सय ३ मत ल्याएर उषा लामा मोक्तान बिजयी भएका छन् ।

यस्तै महासचिवमा १ सय ५१ मतका साथ गोबिन्द न्यौपाने र कोषाध्यक्षमा १ सय ८८ ल्याई होम प्रसाद न्यौपाने (महेश) बिजयी भएका छन् ।

त्यस्तैगरि, वाणिज्यतर्फ सचिवमा १ सय ६३ मतसहति विजय तिमल्सिना र उद्योगतर्फ सचिबमा १ सय ६९ मतका साथ विष्णुप्रसाद रिसाल निर्वाचित भएका थिए ।

बाह्र खुल्ला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्यामकुमार श्रेष्ठ १ सय ७१ मत, उमेश दाहाल १ सय ८६ मत, सरोज कोइराला १ सय ७७ मत, सीताकुमारी गौतम (उप्रती) १ सय ६८ मत, कृष्ण बहादुर सुनार १ सय ६६ मत, अजित कोइराला (इराज) १ सय ७५ मत, भोलाप्रसाद तिमल्सिना १ सय ६२ मत, दिपा सापकोटा १ सय ६९ मत, उत्सव श्रेष्ठ १ सय ९९ मत, अरुण कुमार साह १ सय ६४ मत, अभिषेक शर्मा (वैकुण्ठ) १ सय ८५ मत र गणेश वहादुर क्षेत्री (रायमाझी) १ सय ७३ मत प्राप्त गरि विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय