
निजगढ नगर उद्योग वाणिज्य संघको प्रथम अघिवेशन तथा साधारण सभा भोलि जेठ २१ गते शनिवार हुँदैछ । निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य संघ (निजगढ)को नयाँ नेतृत्व चयन भोलि शनिबार हुँदैछ ।
संघको नयाँ नेतृत्व चयनका लागी अध्यक्षमा दिपेन्द्र श्रेष्ठलगाएत प्यानल सहित चुनाबी मैदान उत्रिएका छन् । श्रेष्ठले नगर संघको संस्थागत विकाससंगै आर्थिक विकास र निजी क्षेत्रको प्रवद्र्धनका लागि व्यवसाय र लगानीमैत्री वातावरण निर्माणमा महत्वपुर्ण भूमिका खेल्न कार्ययोजना अगाडी सारेका छन । उनले आर्थिक विकास सँगै औद्योगिक, पर्यटकीय र कृषि क्षेत्रको विकासलाइ जोड दिएका छन ।
निजगढका ब्यवसायीहरुले श्रेष्ठको कार्ययोजना निकै राम्रो भएको, संघमा समेत निकै योगदान गरेको र उनले संघमा बसेर निकै लामो अनुभब समेत भएकाले प्यानलनै भारी मतले बिजयी हुने आकलन गरेका छन ।
श्रेष्ठको टिमबाट प्रथम उपाध्यक्षमा गोरख बहादुर खड्का, दिृतीय उपाध्यक्षमा नवराज मैनाली, तृतीय उपाध्यक्षमा उषा लामा मोक्तान, महासचिबमा गोबिन्द प्रसाद न्यौपाने, कोषाध्यक्षमा होम प्रसाद न्यौपाने, वाणिज्य तर्फ सचिबमा विजय तिमल्सिना, उद्योग तर्फ सचिवमा विष्णु प्रसाद रिसाल, सदस्यमा श्याम कुमार श्रेष्ठ, उमेश दाहाल, सुदर्शन दंगाल, बद्री बहादुर राउत, कृष्ण बहादुर सुनुवार, अजित कोइराला, भोला प्रसाद तिमल्सिना, दिपा सापकोटा, उत्सव श्रेष्ठ, अरुण कुमार साह, अभिषेक शर्मा र गणेश बहादुर क्षेत्री रहेका छन ।