निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आइतवार साँझ निजगढमा स्थानीय युवाहरुले मशाल जुलुस प्रदर्शन गरेका छन । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा युवाहरुले निजगढस्थित पूर्वपश्चिम लोकमार्गको विभिन्न स्थानबाट मशाल जुलुस प्रदर्शन गरेका हुन ।