सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा बारामा राजमार्ग अबरुद्ध गर्दै प्रदर्शन भएको छ । स्वतन्त्र युवा विद्यार्थि निजगढ सरोकार मञ्चले आयोजनामा राजमार्ग अबरुद्ध गर्दै प्रदर्शन भएको हो ।

कारीब २ घण्टा राजमार्ग अबरुद्ध भएको छ । महेन्द्र राजमार्गको अन्तर्गत बाराको निजगढमा बिहान ८ बजेदेखि राजमार्ग अबरुद्ध गरेका हुन । राजमार्ग अबरोधले सयौ सवारी आवागमनमा समस्या भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता पेमासिद्धि लामाले मधेश र सिगो देशको हक र हितमा रहेको दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल वनाउन सर्बोच्च अदालतले गरेको निर्णय गलत रहेकोले सच्चाउन माग गरे ।

यस्तै, एमालेका नेता जयराम कुवरले हाल सम्म ३ खर्ब भन्दा बढी बजेट खर्चेर प्रारम्भीक तयारी पुरा गरिरहेको सन्दर्भमा आएको सर्वोच्चको आदेशले मधेश प्रदेश र आमा नेपालीको जीवन र भविष्यसँग खेलबाड गरेको अदालत कहिँन कहिँ भारतबाट संचालित भएर निर्णय गरेको बताए ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बासु तिमल्सिनाले सर्वोच्चको यो निर्णयले मधेश प्रदेशसँग सतप्रतिशत धोका भएको बताएका छन् । उनले अन्तराष्टिय विमान स्थल निर्माणको चर्चाले तराईबासीमा बढीको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको बताए ।

यस्तै, एमालेका नेता तिलक घलानले २०७९।०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमान स्थल निर्माणको कार्यक्रम अगाडी बढाकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्ने बताएका छन् ।

यसैगरी माओवादी केन्द्रका कुमार लामाले अदालतको निर्णय गलत रहेकोले सच्चाउन माग गरे । उनीहरुले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउदै लैजाने समेत बताए ।

कार्यक्रममा बारामा रहेका सबै राजनीतिक दल र स्वतन्त्र नागरिकहरुको सहभागीता रहेको थियो । बारामा सर्वोच्च अदालतले तुरुन्तै निर्णय नसच्चिए अझै बिर्हत र कडा रुपमा नियमित बिरोध कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय