बाराको निजगढ नगरपालिकामा पिकअपको ठक्करबाट निजगढ नगरपालिका – ९ बस्ने सिताराम आचार्यको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गबाट दक्षिण तर्फको गौरी शंकर क्याम्पस स्थित भित्री सडक खण्ड अन्तर्गत निजगढ नगरपालिका-९ मा बा प्रदेश ०३-००१च११४६ नम्बरको पिकअपले ठक्कर दिँदा सोही ठाउँ बस्ने आचार्यको घटनास्थलमै मृत्‍यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पिकअप र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक सन्जिब ओलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय