निजगढ नगरपालिकाका नागरप्रमुख सुरथ पुरीले आज नगरपालिकामा नव निर्वाचित नगर उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङ्गलाई पहिले सपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरुलाई ईश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

कार्यक्रममा नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, एमाले नेता अच्युत मैनाली, ज्वाला साह, बलवीर चोधरी, निजगढ नगरपालिकाका पूर्व नगार प्रमुख सुरेश खनाल, उपपप्रमुख लिलादेवी लामिछानेले नव निर्वाचित जनप्रतिनिधहरुलाई बधाइ दिदै नगरको विकासकामा काम गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय