गोकुल घोरसाइने, बारा, बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कम ब्याक’ गरेको छ । एमालेको बलियो पकड मानिदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पार्नुभएको हो ।

नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दैै एमालेले विराशत फिर्ता गरेको हो । मेयर पुरीले ९४७५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका खनालले ८६५९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि दङ्गाले ८५१८ मत प्राप्त गर्नुभयो ।

२०४२ सालदेखि पकड जमाउदै आएको निजगढमा गत स्थानीय निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनु परेको थियो । १३ वटा वडा रहेको निजगढमा ०७४ सालको निर्वाचनमा उपप्रमुखसहित ८ वडा अध्यक्ष एमालेले जितेको थियो । प्रमुख पदमा भने नेपाली काग्रेश र माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडनुभएका सुरेश खनाल नै विजयी बन्नुभएको थियो । यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहनु भएका खनाललाई एमालेका पुरीले पराजित गर्नुभएको हो ।

बामपन्थीको किल्लाको रुपमा रहेको निजगढमा बिगत लामो समयदेखि एमालेको बचश्र्व रहदै आएको छ । २०४३ सालको गाउँ पन्चायत निर्वाचनमा यहाँ एमालेका पुरुषोत्तम पौडेलले जनपक्षीय प्रधानपन्च निर्वाचित हुनुभएको थियो । त्यसयता ०७४ सालको स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउदै आएको छ । ०४९ र ०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

अघिल्लो पटक कांग्रेशका खनालले मेयर पदमा चुनाव जितेपछि निजगढको चुनावलाई यसपटक बारा जिल्लामा निक्कै चासोको रुपमा हेरिदै आएको थियो ‘जिल्लभित्र र बाहिर पनि निक्कै चासोको रुपमा हेरिएको थियो, एमाले मधेस प्रदेश कमिटी सदस्य एंवं निजगढका पूर्वगाविस अध्यक्ष एकबहादुर श्रेष्ठले भन्नुभयो, यसपटक एमालेले आफ्नो शाख कायम राखको छ ।’

एमालेले यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित १३ मध्ये ५ वडा अध्यक्ष जितेको छ । एमाले वडा नम्बर ३, ५, ६, ७ र १० गरी पाँचवटा वडामा बिजयी भएको छ । कांग्रेशले भने अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पनि जित हात पारेको छ । एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेशले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय