बारा : बाराको निजगढको ७ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल मत २१ हजार ७७ मा वडा नं. ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ को गरी १५ हजार ५ सय ५३ मतगणना सकिदा एमालेले अग्रता लिएका छन् ।

मेयर पदमा एमालेका सुरथ पुरीले ८ सय ६० मतले अग्रता लिएका छन् । उनले ७ हजार १ सय ५८ मत ल्याएका छन् भने ६ हजार २ सय ९८ मत गठबन्धनका सुरेश कुमार खनालले पछ्याई रहेका छन् ।

त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ९४ मत सहित अग्रता लिएकी छिन् । उनले ६ हजार ४ सय ४४ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले ६ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय