बाराको निजगढ वडा नं ६ मा एमालेका वडा अध्यक्ष उम्मेदवार घनश्याम तिमल्सिना विजयी भएका छन । तिमल्सिनाले ७ सय ५३ मत प्राप्त गरी जित हात पारेका हुन ।

उनका निकटतम प्रतिद्धन्दी राप्रपाका लिला बहादुर राउतले ६ सय ६८ मत प्राप्त गरेका थिए भने गठबन्धनका धनमाया लामाले २ सय ६१ मत प्राप्त गरेका छन ।

वडा नम्बर ६ बाट प्रमुख पदमा एमालेका सुरथ पुरीले ८ सय ५२ मत पाए त्यसैगरी गठबन्धनका सुरेश खनालले ७ सय १९ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा एमालेका सोममाया थिडले ७ सय १ मत र गठबन्धनका रविराज दगालले ७ सय ५३ मत प्राप्त गरे ।
नगरपालिकामा हालसम्म मत गणना सम्पन्न ४ वटा वडाहरु मध्ये एमालेले वडा नम्बर ५, ६, ७ र १० मा जित हात पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय