
निजगढ वडा नंं ९ को १ हजार ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा एमालेको अग्रता कायम छ ।
नगर प्रमुखका एमालेका उम्मेदवार सुरथ पुरीले ९ सय १६ मत प्राप्त गरेका छन् भने गठबन्धनका सुरेश खनालले ६ सय ३८ प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका नेकपा एमालेका उम्मेदवार सोममाया थिङ्गले ७ सय ३२ मत प्राप्त गरेकी छन् भने गठबन्धनका रविराज दंगालले ७ सय ४२ मत प्राप्त गरेका छन् ।
यस्तै, वडा नं ९ को मतगणना गर्ने क्रममा १ हजार ७ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धनका रामचन्द्र कटुवालले ८ सय २ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले ७ सय ९८ मत ल्याई पछ्याईरहेका छन ।