निजगढ वडा नंं ७ को ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

वडा नं ७ को ७ सय मतगणनाहुँदा वडा अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर लामाले ३ सय ३६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका सुमन कुमार लामाले २ सय १० मत, र राप्रपाका अर्जुन मगरले १ सय ११ मत प्राप्त भएको छ ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ७ मा नगरप्रमुखमा एमालेको अग्रता कायम छ ।

नगर प्रमुखका एमालेका उम्मेदवार सुरथ पुरीले ३ सय ३१ मत प्राप्त गरेका छन् भने गठबन्धनका सुरेश खनालले १ सय ९० र राप्रपाकी सावित्रीदेवि भारतीले १ सय १२ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका नेकपा एमालेका उम्मेदवार सोममाया थिङ्गले ३ सय ४२ मत प्राप्त गरेकी छन् भने गठबन्धनका रविराज दंगालले १ सय ९९ मत र राप्रपाका बासुदेव तिमल्सिनाले १ सय ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय