
निजगढ वडा नंं १० को १ हजार १ मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।
वडा नं १० को १ हजार १ मतगणनाहुँदा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ७ सय २४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका पदम बहादुर मोक्तनले ५ सय ४३ मत ल्याई पछ्याईरहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा एमालेको अग्रता कायम छ ।
नगर प्रमुखका एमालेका उम्मेदवार सुरथ पुरीले ७ सय ४ मत प्राप्त गरेका छन् भने गठबन्धनका सुरेश खनालले ५ सय ३३ प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका नेकपा एमालेका उम्मेदवार सोममाया थिङ्गले ६ सय ६६ मत प्राप्त गरेकी छन् भने गठबन्धनका रविराज दंगालले ५ सय २७ मत प्राप्त गरेका छन् ।