निजगढ वडा नंं ९ को १ हजार १ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

वडा नं ९ को मतगणना गर्ने क्रममा १ हजार १ सय मतगणनाहुँदा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले ५ सय ५८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धनका रामचन्द्र कटुवालले ४ सय ९५ मत ल्याई पछ्याईरहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा एमालेको अग्रता कायम छ ।

नगर प्रमुखका एमालेका उम्मेदवार सुरथ पुरीले ६ सय ५ मत प्राप्त गरेका छन् भने गठबन्धनका सुरेश खनालले ४ सय ३६ प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका नेकपा एमालेका उम्मेदवार सोममाया थिङ्गले ५ सय ४२ मत प्राप्त गरेकी छन् भने गठबन्धनका रविराज दंगालले ४ सय ४३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय