निजगढ वडा नंं ९ को ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

वडा नं ९ को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले ३ सय ५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश बहादुर श्रेष्ठले २ सय ८२ मत ल्याई पछ्याईनै रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ३ सय २८ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ३ सय १७ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ३ सय ३१ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ६८ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय