निजगढ वडा नंं १० को ६ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ३ सय २४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका पदम बहादुर मोक्तनले २ सय ६० मत ल्याई पछ्याईरहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा नेकपा एमालेको अग्रता कायम छ ।

नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका सुरथ पुरीले ३ सय ९ मत प्राप्त गरेका छन् सुरेश खनालले २ सय ५२ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले २ सय ५७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ८७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय