निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेपाली काँग्रेसका टेक बहादुर लामाले ६ सय ५५ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नकपा एमालेका दिनेश खतिवडाले ५ सय ९ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।

हाल यस वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतम र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार स्वर्ण लामा बिच प्रतिस्पर्धा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय