निजगढ वडा नंं ११ को १ हजार १ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं ११ को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा गठबन्धकका सैहइया गुरो थारुले ५ सय ९४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ४ सय ६१ मत ल्याई पछ्याईनै रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ११ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ५ सय ५८ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ४ सय ७४ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ४ सय १७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले ५ सय ९४ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ११ मा नेकपा एमालेका प्रेम बहादुर रुम्‍बाले ४ सय ९७ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शंकर बहादुर रुम्बाले ४ सय ४४ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का जग जीवन कुवरले १ सय २८ मत प्राप्त गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय