निजगढ वडा नंं ११ को ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं ११ को ७ सय मत गणना गर्ने क्रममा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ३ सय ६३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका सैहइया गुरो थारुले ३ सय १३ मत मत ल्याई पछ्याईनै रहेका छन ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ११ मा नेकपा एमालेका प्रेम बहादुर रुम्‍बाले ४ सय ९७ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शंकर बहादुर रुम्बाले ४ सय ४४ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का जग जीवन कुवरले १ सय २८ मत प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय