बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । निजगढ वडा नंं १२ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । १ हजार १ सय ४१ मत गणना गर्ने क्रममा गठबन्धनका तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनाल र उपमेयरमा सोममाया थिङ्गको अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।
गठबन्धनको तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनालको ५ सय ९५ र उपमेयर उम्मेदवार रविराज दंगालको ५ सय ९५ मत प्राप्त गरेका छन भने एमालेका पुरीले ५ सय ४६ मत र उपमेयरमा सोममाया थिङ्गले ५ सय ४५ मत प्राप्त भएको छन ।
यस्तै वडा नं १२ अध्यक्षमा गठबन्धकका ज्ञान बहादुर गोलले ५ सय ९५ मत प्राप्त गर्नुका साथै नेकपा एमालेका उम्मेदवार युवक मुक्तनले ५ सय ४६ मत प्राप्त गरेका छन् ।
निजगढमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले १ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले १ हजार १ सय २९ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ हजार १ सय ८४ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ हजार १ सय ४४ मत प्राप्त गरेका छन् ।