निजगढ नगरपालिका–१३ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुर्य घलान विजयी भएका छन् । उनी ७ सय ७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन् । थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान दोश्रो कार्यकालको लागी वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
वडा अध्यक्षसहित सबै सदस्य विजयी भएका छन् । यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा २७ झिनोमतले विजयी भएका उनी यसपटक भने फराकिलो मतान्तरण सहित बिजयी भएका हुन ।
२०७४ को स्थानिय तहको निर्वाचनमा तिलक बहादुर घलानलाई २७ मतले पराजित गर्दै उनी विजयी भएका थिए । उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी ठुली माया घलानले २ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोमलाल गोलेले ४७ मत, नेकपा एमालेका तिलक बहादुर घलानले ३ सय ७६ मत र सुर्य घलानले ४ सय ३ मत प्राप्त गरेका थिए ।
निजगढमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ५ सय ८९ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १३ मा मेयरमा ३३, उपमेयरमा १ सय ५७, वडा अध्यक्षमा ३२, महिला सदस्यमा १७, दलित महिला सदस्यमा १८, पहिले वडा सदस्यमा २९ र दोश्रो वडा अध्यक्षमा १८ मत बदर भएको छ ।