बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । ७ सय मत गणना गर्ने क्रममा एमालेको तफबाट मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्गको अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

एमालेका पुरीले ३ सय ६८ मत र उपमेयरमा सोममाया थिङ्गले ३ सय ६९ मत प्राप्त भएको छ भने गठबन्धनको तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनालको ३ सय २४ र उपमेयर उम्मेदवार रविराज दंगालको ३ सय २२ मत प्राप्त गरेका छन ।

वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ३ सय ६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ३ सय २९ मत प्राप्त गरेका छन् ।

निजगढमा हाल प्यानल मतको गणना भईरहेको छ । एक सय गठबन्धनको र एक सय एमालेको मत पालैपालो गणना भएको हो । प्यानल मत सकियपछि मिस्त्रित मत गणना हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय