स्थानीय तहको निर्वाचनको मतगणना निजगढ नगरपालिकाको भवनमा हुने भएको छ । नगरपालिकाको सभाहलमा मतगणना हुने भएपछि मतगणना स्थल र मतपेटीका राख्ने स्थलमा सीसीटीभी जडान गरिएको हो ।

मतगणनालाई भयरहित शान्त सुरक्षितरूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मतगणनाहुने स्थललाई सुरक्षित राख्न फलामे जालीको प्रयोग समेत गरिएको छ ।

निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले मतगणनास्थलमा सीसीटीभी जडान गरेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए ।

निजगढमामा १६ मतदान स्थल छन भने ३६ मतदान केन्द्र रहेका छन । नगरभरी १४ हजार १ सय ८२ पुरुष र १४ हजार १ सय ९२ महिला गरि २८ हजार ३ सय ७६ जना मतदाता रहेका छन ।

निजगढमा ६७ पदका लागि करिब २२५ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा एक जना निर्विरोध भइसकेका छन् । अब ६६ पदका लागि मात्रै निर्वाचन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय