नेकपा एमालेका उम्मेदवारहरुले हिजो वडा नम्बर १० र १२ मा चुनावी घरदैलो कार्यक्रम गरेका छन । एमालेबाट निजगढ नगरपालिकका मेयर पदका उम्मेदवार सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग र वडा समितिका अध्यक्ष युवक मोक्तानसहित वडा सदस्यहरु र एमाले नेता कार्यकर्ताहरुको टोलीले वडा नम्बर १० को पर्ति टोल, लाल, नयाँवस्ति, चिसापानी र वडा नम्बर १२ को बुङ्गजोर, रामथली, बर्थली, कुलिया लगायतका वस्तिहरुमा घरदैलोमार्फत मतदातासंग घरमै पुगेर भेटघाट गरेको हो ।
घरदैलोसंगै एमालेले लाल र कुलिया क्षेत्रमा कोणसभा पनि गरेका थियो । सभामा मेयर पदका उम्मेदवार पुरी र उपमेयर पदकी उम्मेदवार थिङ्गले आफूहरुलाई मत दिएर विजयी तुल्याउन मतदाताहरुसंग आग्रह गरेका थिए ।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो । शुक्रवार पनि एमालेका उम्मेदवारहरुले वडा नम्बर ११ र १३ मा घरदैलो र मतदाता भेटघाट गर्ने कार्यक्रम राखिएको नेकपा एमाले नगर कमिटी सहसचिव थानेश्वर सापकोटाले जानकारी दिए ।