निजगढ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सुरथ पुरीले स्थानीय जनता विस्थापित हुने गरी निजगढमा कुनै पनि आयोजना संचालन हुन नदिने बताए ।

निजगढ वडा नम्बर ८ को खयरघारीमा मेचिमहाकाली रेल्वे आयोजना र जग्गाधनी पुर्जा समस्या समाधान बारे स्थानीयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार पुरीले सो कुरा बताएका हुन ।

उनले नेकपा एमाले सुकुम्बासी र भूमिहिन समुदायको हितमा काम गर्ने पार्टी भएको पनि बताए । उनले खयरघारी क्षेत्रलाई नमुना बस्तिको रुपमा विकास गर्ने आफुसंग सोच र योजना रहेको पनि बताए ।

त्यसैगरी कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुले यसपालि स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई भोट दिएर विजयी बनाउने बताएका छन ।

कार्यक्रममा स्थानीय बासिन्दा मिरा कुवर, केशव दनुवार, गंगा धिताललगायतले निजगढ नगरपालिका वडा नम्बर ८ को खयरघारी र वडा नम्बर ९ को गैरीटोलका बासिन्दाले बेहोर्दै आएको समस्या बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय