निजगढ : निजगढ नगरपालिकाको वडा नम्बर ७ मा कांग्रेस-माओवादी गठबन्धनविरुद्ध कांग्रेसनै लागेको छ । कांग्रेसका बागी उम्मेदवारलाले रुख चिन्ह पाएपछि अहिले दुबै कांग्रेस-माओवादी गठबन्धन र कांग्रेसको छुटाछुटै पर्चा बनाएर प्रचारप्रसारमा छन ।

नेपाली कांग्रेस र नेकपा माओवादीबिच चुनावी तालमेल भएपछि माओवादीको भागमा वडा नम्बर ७ परेको भएतापनि यस वडामा कांग्रेसबाटै उम्मेदवारी दिएका छन ।

कांग्रेस-माओवादी गठबन्धनका तर्फबाट मोहन डि.सि अध्यक्षका उम्मेदवार हुन भने कांग्रेसबाट अध्यक्षका प्रत्यासी सुमन लामा कांग्रेसका उम्मेदवार हुन ।

गठबन्धनको सहमतिमा नेपाली कांग्रेसको भागमा २ खुल्ला सदस्य र दलित महिला सदस्यसहित ३ जना सदस्य परेको उनीहरु सबैले माओवादीको चुनाव चिन्ह हसिया हतौडा लिएर चुनाव लडेका छन भने कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार सुमन लामा सहित पाँचैजना गठबन्धनको सहमति विपरित रुख चिन्ह लिएर चुनाव लडेका हुन ।

कांग्रेस-माओवादी गठबन्धनका प्रत्यासीहरु र कांग्रेसबाट प्रत्यासीबनेकाहरु छुटाछुटै चुनाव प्रचारप्रसार थालेका छन । उनीहरु प्रचार प्रसारमा एक्ला एक्लै हिँडिरहेका छन् ।

मेयर समेत गरी बहुमत पदमा उम्मेदवार पाएको कांग्रेसले वडा नम्बर ७ मा गठबन्धनको सहमति विपरित रुख चिन्ह लिएर आफ्ना उम्मेदवारहरूलाई मात्रै मत माग्दै चुनावी अभियान चलाइरहेको आरोप छ ।

चुनावी प्रचारको पर्चामा कांग्रेस ७ ले आफ्ना उम्मेदवारको तस्बिरसहित रुख चिह्नमा स्वस्तिक छाप लगाएर वितरण गरिरहेको कांग्रेसका एक नेताले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर