![](https://nijgadhnews.com/wp-content/uploads/2022/05/Yamale-Nijgadh-2.jpg)
निजगढ । नेकपा एमाले निजगढ नगरपालिकाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन प्रचार अभियानलाई नगरका १३ वटै वडामा तीब्र बनाएको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, वडा–वडामा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा जुटेका एमाले उम्मेदवारहरू यतिबेला मतदातामाझ पुगिरहेका छन ।
निजगढका मेयर र उपमेयरका प्रत्यासी सुरथ पुरी र सोममाया थिङले नगरका वडामा आयोजित ‘घरदैलो’ कार्यक्रममा सहभागी हुन घरदैलोमा व्यस्त छन । घरदैलो गर्ने सन्दर्भमा एमालेप्रति जनताको अपार स्नेह रहेको बताउँदै मेयरका उम्मेद्वार पुरीले नगरपालिकाले प्रदान गर्नुपर्ने आधारभूत तहकै सेवा सुविधा पाउन नसकिरहेको जनगुनासो गरेको बताए ।
पुरीले जनताले उठाएका समस्याहरूको सुनुवाई गर्दै आफूले नगरको नेत्रृत्व प्राप्त गरेपछि ती समस्याको उचित सम्वोधन गर्ने प्रतिवद्धता जाहेर गरे ।
वडा नं. ७, ६ र ११ का विभिन्न ठाउँका जनताका गुनासोहरू सुन्दै मेयर तथा उपमेयरका उम्मेदवारहरूले वडाका विभिन्न टोलको घरदैलोमा जनताका भावनाहरू बुझ्दै आफुहरूलाई मतदानका लागि आह्वान गरे । मेयरका उम्मेदवार पुरीले नगरभित्रका जनताले आधारभूत तहकै सेवा सुविधा पाउन जनगुनासो पाईएकाले आफुले नगरको नेत्रृत्व प्राप्त गरेपछि सबैभन्दा पहिले आधारभूत तहकै सेवा सुविधा जनताले सहझै पहुचमा पुर्याउने बताए ।
त्यसैगरी नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष प्रत्यासीका भोलाप्रसाद गौतमको घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको थियो । उम्मेदवारहरूले सुशासन, समृद्धि, विकास निर्माण लगायतका शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी लागयत क्षेत्रमा क्षेत्रगत आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गरे ।
जनताको उत्साहजनक सहभागितामा भइरहेको घरदैलो कार्यक्रमका सहभागीहरूलाई जनताको सकारात्मक प्रतिक्रिया रहेको वडा नं. ८ का वडा अध्यक्ष प्रत्यासीका भोलाप्रसाद गौतमले जानकारी दिए ।
वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार गौतमले आफुले चुनाब जितेमा वडालाई भ्रस्टचार मुक्त बनाउदै समग्र वडाको बिकासको लागि लागिपर्ने बताए ।
त्यसैगरी वडा नं. ४ का अध्यक्षका उम्मेदवार जयराम कुवरका अनुसार वडामा पार्टीको प्रचार अभियान जारी छ । वडामा एमालेको अवस्था उत्साहजन रहेको प्रतिक्रिया कुवरले दिए । यस वडामा एमालेप्रति जनताको उत्साहजनक समर्थन भएकाले यसपटक समेत निर्वाचन जित्ने वडा अध्यक्षका उम्मेदवार जयराम कुवरको दावी रहेको छ । वडाको नेतृत्वमा पुगेदेखि नै जनताको मनमा जयराम कुवर बस्न सफल भएका थिए । जनताको भावना अनुसार चल्न सक्ने क्षमता भएका कारण यस पटक पनि उनको टिम स्थानीय तहको निर्वाचनमा विजयी हुने पक्का छ ।
एमालेले जनताको अपेक्षालाई प्राथमिकतामा राखेकोले यसपटक निजगढ नगरपालिकामा एमालेले जित हासिल गर्ने अनुमान गरिएको छ ।