निजगढ नगरपालिकामा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी ३ दर्जनभन्दा बढी कार्यकर्ता हिजो नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटीका सदस्य धनकुमारी दर्जी र नेपाली कांग्रेसका क्रियाशील सदस्य विषेश्वर राजभण्डारी सहित ३ दर्जन नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन ।

उनीहरु चुनाव प्रचारको क्रममा नेकपा एमालेले निजगढ ९ मा आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा एमाले प्रवेश गरेका हुन । नवप्रवेशीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले अबिर र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य गोपाल लम्साललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता वडा नम्बर ९ का पार्टी वडा कमिटी अध्यक्ष पशुपती सापकोटाले गरेका थिए भने वडा सचिव दिपक श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय