निजगढ । निजगढ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका नेता एक बहादुर श्रेष्ठले एमालेका सुरथ पुरीलाई सर्मथन दिएका छन । श्रेष्ठले कानुनी रुपमा उम्मेदवारी फिर्ता लिन नमिल्ने भएका कारण आफुले राजनैतिक रुपमा उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

आज प्रकाशित एक विज्ञप्ति मार्फत श्रेष्ठले निजगढ नगरपालिकको नगर प्रमुख पदमा सुरथ पुरी लगायत सबै पदमा पार्टीका सूर्यवहाक उम्मेदवारहरुलाई विजयी तुल्याउन आफु सक्रियताका साथ लागि पर्ने जनाएका छन ।

“नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य म एकबहादुर श्रेष्ठले स्थानीय तह निर्वाचन २०७९ मा विशेष परिस्थितिमा निजगढ नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारको मनोनयन पत्र दर्ता गरेकोमा पार्टीका नेतागण, स्थानीय कार्यकर्ता, शुभचिन्तक र मनोनय पत्र दर्ता गर्ने क्रममा मेरो प्रस्तावक र समर्थक बस्नु भएका क. मानबहादुर श्रेष्ठ र क. दिलबहादुर श्रेष्ठसंगको समेत छलफल, सल्लाह र आग्रहपछि पार्टीका उम्मेदवारलाई विजयी गराउन आफ्नो उम्मेदवारी फिर्ता लिएको छु ।” श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन ।

निजगढका पुर्व गाबिस अध्यक्ष समेत रहेका एक बहादुर श्रेष्ठ एमालेका चर्चित नेता हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय