निर्वाचन अधिकृतको कार्यालय निजगढले हिजो नगरपालिकाका विभिन्न पदका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । कार्यालयले राजनितिक दलका उम्मेदवारहरुलाई दलको चिन्हसंगै स्वतन्त्र उम्मेदवारहरुलाई पनि चुनाव चिन्ह प्रदान गरेको हो ।

निर्वाचन अधिकृत शम्भुप्रसाद बरालका अनुसार नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठलाई लालटिन, वडा नम्बर ३ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार धनबहादुर पुलामीलाई खरायो, वडा नम्बर ६ का स्वतन्त्र उम्मेदवार भिमबहादुर स्याङ्गतानलाई पुतली, वडा नम्बर ७ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार रामहरी खरेललाई आँप र वडा नम्बर ११ का स्वतन्त्र उम्मेदवार शंकर रुम्बालाई धारा चुनाव चिन्ह प्रदान गरिएको अधिकृत बरालले जानकारी दिए ।

नेकपा एमाले मधेस प्रदेश सदस्य श्रेष्ठले एमालेबाट बागी उम्मेदवारी दिनुभएको हो भने भने वडा नम्ब्र ३ का पुलामी बाहेक अन्य सबै उम्मेदवार नेपाली कांग्रेशका बागी उम्मेदवार हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय