निजगढ नगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय निजगढ नरपालिकाका अनुसार नगरप्रमुख पदमा १ जना, वडाध्यक्षमा ६ र ३ सदस्यमा १० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नगरप्रमुख पदबाट उम्मेदवारी फिर्ता लिनेमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका दिनेश शर्मा रहेको निजगढ निर्वाचन अधिकृत कार्यालयका प्रमुख शम्भु प्रसाद बरालले जानकारी दिए । निजगढको नगरप्रमुखमा १० जनाले उम्मेदवारी दिएकामध्ये १ जनाले फिर्ता लिएसंगै ९ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा निजगढ वडा नम्बर ४ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दिएका सुदर्शन कुमार लामिछाने, वडा नम्बर ५ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दिएका कृष्णराज गिरी, वडा नम्बर ४ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दिएका कैलाश खड्का, वडा नम्बर ४ बाट सदस्यका स्वतन्त्र उम्मेदवार दिएका धेर्मेन्द्र प्रसाद शाह, वडा नम्बर ४ बाट सदस्यका स्वतन्त्र उम्मेदवार दिएका रोहित कुमार चौधरी, वडा नम्बर ९ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दिएका प्रदिप कुमार उप्रेती, वडा नम्बर ४ बाट महिला सदस्यका स्वतन्त्र उम्मेदवार दिएकी विनस कुमारी कुवर, वडा नम्बर २ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दिएका देबेन्द्र बहादुर पुलामी र वडा नम्बर १३ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दिएका सोमलाल गोलेले आफ्नु उम्मेदवारी फिर्ता लिएका छन ।

यसअघि निजगढमा जनता समाजवादी पार्टीबाट वडा नम्बर ७ का दलित महिला सदस्यका उम्मेदवार बेली नेपाली, वडा नम्बर १ का वडा सदस्यका उम्मेदवार मुमन सि घिसिङ र वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवारी ज्ञान बहादुर पारीयारको उम्मेदवारी दिएका उम्मेदवार स्वयम प्रस्तावक भएको हुँदा रद्द गरिएको थियो ।

यस्तै, राप्रपा पार्टीबाट वडा नम्बर १० को सदस्यका उम्मेदवार शिव बहादुर परीयारको समेत उम्मेदवारी दिएका उम्मेदवार स्वयम प्रस्तावक भएको हुँदा रद्द गरिएको थियो ।

त्यसैगरी, नेकपा माओवादी केन्द्र पार्टीबाट वडा नम्बर ३ को महिला सदस्यका उम्मेदवार देवकी गिरी र वडा नम्बर ६ को सदस्यका उम्मेदवार पूर्ण बहादुर खड्काको उम्मेदवारी दिएका उम्मेदवार स्वयम प्रस्तावक भएको हुँदा रद्द गरिएको थियो भने केन्द्रकै वडा नम्बर ३ को सदस्यका उम्मेदवार भिम बहादुर लोप्चनको सोही वडामा खुल्ला सदस्यमा पहिला नै दुई जनाको नाम दर्ता भएको हुँदा उम्मेदवारी रद्द गरिएको थियो ।

त्यस्तै, नेपाली कांग्रेस पार्टीबाट वडा नम्बर १२ को सदस्यका उम्मेदवार धन बहादुर खुलालको सोही वडामा खुल्ला सदस्यमा पहिला नै दुई जनाको नाम दर्ता भएको हुँदा उम्मेदवारी रद्द गरिएको थियो ।

यता निजगढ वडा नम्बर ३ मा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बुरगान कुमारी लामा निर्विरोध निर्वाचित भएकी छिन ।

निजगढमा २१७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएकोमा निजगढ वडा नम्बर ३ मा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बुरगान कुमारी लामा निर्विरोध निर्वाचित भएको हुँदा अब २१६ जना उम्मेदवार बिच प्रतिस्पर्दा हुनेछ ।

जसबाट निजगढमा एक मेयर, एक उप-मेयर, १३ जना वडा अध्यक्षका र ५१ जना वडा सदस्य निर्वाचित हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय