निजगढ नगरपालिकामा नेकपा एमालेकी एकजना वडा महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन । निजगढ वडा नम्बर ३ मा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बुरगान कुमारी लामा निर्विरोध निर्वाचित भएकी हुन ।

कांग्रेस र माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी वडा सदस्यको उम्मेदवार देनवी गिरीको प्राविधिक कारणले उम्मेदवारी खारेज भएपछि एमालेकी लामा निर्विरोध भएकी हुन ।

गिरीले अर्काे उम्मेदवारको मनोनयन पत्रमा प्रस्तावक बनेर हस्ताक्षर गरेको भेटिएपछि उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा बारामा नेकपा एमालले निजगढबाट खाता खोलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय