निजगढ । ‘करिब ५ वर्ष फुर्सद कत्तिपनि भएन । योजना कार्यान्वयन तीब्र गतिमा भएको छ र ति स्थानमा पुग्नै पर्छ । वडा कार्यालयबाट दिने सेवामा पनि ध्यान दिनै पर्‍यो ।’ एक अशल सेवकको रुपमा निजगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जयराम कुवर परिचित छन् ।

सामान्य रुपमा वडा कार्यलय एउटामात्रै हुन्छ तर कुवरले भौगेलिक हिसाबले टाडा रहेको उनको वडामा उनले दुई वटा वडा कार्यालयबाट सेवा सुचार गरे । जसले गर्दा पैदल यात्रा गर्दा करिब ४५ मिनेट लाग्ने समस्याबाट वडा नम्बर ४ पुरानो टोलका स्थानिएले रहात पाए ।

वडाको नेतृत्वमा पुगेदेखि नै जनताको मनमा जयराम कुवर बस्न सफल भएका हुन् । जनताको भावना अनुसार चल्न सक्ने क्षमता उनमा छ । त्यही भएर यस पटक पनि उनको टिम स्थानीय तहको निर्वाचनमा विजयी हुने पक्का छ । वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि जनताकै घर आगनमा अध्यक्ष पुग्दै आएका छन् उनी ।

‘जनताको भावना अनुसार हामि चल्नुपर्छ । चल्छौं पनि । यो वर्ष चुनावी वर्ष भयो । तर, हामिले काम गरेका छौं । अव फोरी निर्वाचित भएर आउँदो फेरीपनि जनताले महशुस हुनेगरी काम हुन्छ’ उनले भने ‘जनतालाई आय आर्जनमा समाहित गरेर समृद्धि वडा र नगरबनाउने अठोट छ ।’

निजगढ नगरपालिका वडा नं. ४ को अधिकांस क्षेत्र चुरोको मुनि पर्छ र यस वडामा ग्रामीण क्षेत्र पनि छ । जहाँ हाल पूर्वाधार विकासको काम सुचार गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफ्नो ठाउँको विकास गर्न आफै योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ । सडकलाई कालोपत्रे गर्ने योजना अनुरुप कामहरु भएका छन् ।

‘हाम्रो प्राथमिकता सडक पूर्वाधार हो । त्योसँगै किसानहरुको खेत बारीसम्म पुग्ने कुलो निर्माणमा जोड गरेका छौं’ वडा अध्यक्ष कुवरले भने ‘वडामा आएको बजेट मध्य २० प्रतिशत रकम लक्षित वर्गको क्षमता अभिवृद्धि र आय आर्जनका तालिममा लगाएका छौं ।’

जनताका आवश्यकताहरु पूरा गर्न जरुरी पनि छ । हामिहरु योजना बद्ध रुपमा लागेका छौं । अब पुर्वाधारका सबै काम अन्तिम चरणमा छ अब यस वडामा ठूला र दीर्घकालीन महत्वका योजना ल्याउने तर्फ ध्यान दिने छुं’ कुवरले भने ‘सडक पूर्वाधारलाई अझ विस्तार गर्छौं, वडा नम्बर ४ को सबै बस्ती सडकले जोडिन्छ । पक्कि सडक पहिलो प्राथमिकता हो ।’

मनकारी वडा अध्यक्ष कुवरले विद्यार्थीलाई पोशाक बितरण देखि साईकल वितरण सम्मको योजना ल्याएर सबैको मन जितेका छन ।

उनले पोषण तथा सरसफाई सामग्री लिएर गर्भवती र सुत्केरी महिलाको घरघर पुग्छन भने कहिले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर आमाबच्चा र ज्येष्ठ नागरिकको राम्रो स्वास्थयको लागी शुभकामना दिन्छन् र मिठो मुस्कान सहित फर्किन्छन ।

वडा नम्बर ४ का वडा अध्यक्ष कुवरका यी र यस्तै ससाना कामले नै वडा बसीको मन जित्न सफल भएकै कारण उनी पुन: वडा अध्यक्षमा निर्वाचित हुने लगभग निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय