निजगढ । निजगढ नगर प्रमुखमा नेकपा एमालेका प्रभावशाली नेता एक बहादुर श्रेष्ठको उम्मेदबारी दिएका छन । निजगढका पुर्व गाबिस अध्यक्ष समेत रहेका एक बहादुर श्रेष्ठ एमालेका चर्चित नेता भएपनि यस पटक मेयरको टिकट नपाएपछि बागी उम्मेदबारी दिएका हुन ।

काग्रेस र माओवादी गठबन्धन बनेको अबस्थामा एक बहादुर श्रेष्ठको उम्मेदबारीले गठबन्धनलाई सहयोग पुग्ने आकलन हुन थालेको छ ।

उम्मेदबारी फिर्तासम्म श्रेष्ठको उम्मेदबारी कायम रहन्छ की फिर्ता हुन्छ सबैलाई चासोको बिषय बनेको छ ।

नेकपा एमालेबाट एमाले निजगढ नगर समितिका अध्यक्ष सुरथ पुरी नगरप्रमुखमा उम्मेदबारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय