निजगढ । प्रमुख राजनीतिक दलले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वितरण गरेको टिकट र कांग्रेस माओवादीबिच भएको गठबन्धनको बिरोध गर्दौ निजगढमा बागी उमेदवार दर्ता गराउने समेत उमेदवार निर्वाचन अधिकृतको कार्यलयमा भिड छ ।

नेपाली कांग्रसबाट वडा अध्यक्षमा सिफारिस भएका वडा नंम्बर ४ का कैलास खड्काले बागी उम्मेदबारी दिएका छन । यस्तै नेपाली कांग्रसबाट वडा अध्यक्षमा सिफारिस भएका लिला बहादुर राउत केशवले निजगढ वडा नं. ६ को वडा अध्यक्ष पदमा राप्रपाबाट उम्मेदबारी दर्ता गरेका छन् । गठबन्धनका कारण वडा नम्बर ६ मओवादीलाई दिएपछि राउतले कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका हुन । धनमाया लामालाई माओवादीले वडा नम्बर ६ मा उम्मेदबार बनाएको छ । यस्तै नेपाली कांग्रसका रामहरी खरेलले निजगढ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पदमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।

यता, वडा नं. ४ मा नेकपा एमालेका उम्मेदबार जयराम कुवरको बागी उम्मेदबार भएका सुदर्शन कुमार लामिछानेले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामिछानेले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निजगढका धेरै ठाउमा एमाले र कांग्रेस दुवैको स्वतन्त्र उम्मेदवार खडा हुने क्रम बढेपछि कसले हार्छ र कसले जित्छ भन्न अन्यौल बनेको छ । मुख्य दुवै दलमा उम्मेदबार चयनमा असन्तुष्ठि बढदा साना पार्टीले अबसर हात पार्ने अबसर बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय