निजगढ । निजगढ नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सावित्रीदेवि भारती र उपमेयरमा बासुदेव तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा भारती र उपमेयरमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्।
राजेन्द्र लिग्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मेयरमा भारती र उपमेयरमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।