स्थानीय तहमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेस‚ नेकपा एमाले र नेकपा माओवादी केन्द्र गरी मुख्य तीन दलबीच सकस कायमै देखिएको छ । सत्तारुढ गठबन्धनमध्ये कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डामा कुरा नमिल्दा दुवै दलले अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

कांग्रेस निजगढका नगर सभापति नवराज तिमल्सिनाले माथिल्लो तहबाट माओवादी केन्द्रसँग सहमति गर भन्ने खालको निर्देशन आएको बताए । ‘तर‚ जस्ताको तस्तै मान्न सकिने अवस्था छैन । यसबारे हामी छलफलमै छौं‚’ सभापति तिमल्सिनाले भने । उनका अनुसार नगर तहमा दुवै पार्टीबीच यसअघि नै पटक पटक छलफल भइसकेको छ । तर‚ मिलाउन सकिने अवस्था छैन ।

माओवादी केन्द्र निजगढका सन्तोष दंगालले नगर स्तरमा गठबन्धन हुने विषयमा छलफल जारी रहेको बताए । ‘अहिले नै टुंगो लागिसकेको छैन ।‚’ उनले भने ।

उता एमालेले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । एमालेका जिल्ला अध्यक्ष बिनोद शाहले आइतबार रातीसम्म्मा उम्मेदवारको टुंगो लाग्ने बताए ।

आकांक्षी बढी भएकाले एमालेका प्रमुख र उप प्रमुख उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई समस्या देखिएको छ भने वडाका उम्मेदवार छनोट गर्न जिल्ला कमिटीलाई समेत सकस परेको देखिएको छ ।

बाराका केही स्थानिय तहमा उम्मेदवारको टुंगो लागे पनि सार्वजनिक गर्न केही समय लाग्ने बताए । पार्टीभित्र बढी आकांक्षी भएकाले एमालेमा उम्मेदवार छान्न अन्योलता देखिएको हो ।

एमाले पक्षको उम्मेदवार छनोट ढिलो भएकाले गठबन्धनले ढिलो गर्नुपरेको बताइएको छ । एमालेको उम्मेदवार छनोट पछी निजगढमा गठबन्धन गर्ने कि नगर्ने भनेर समेत गठबन्धनले अधिकारिक निर्णय लिन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय