स्वतन्त्र उम्मेदवार सुरेश प्रसाद सञ्जेलले निजगढ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सञ्जेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निजगढ वडा नम्बर ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार सञ्जेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

यसअघी वडा नम्बर ७ बाटै स्वतन्त्र उम्मेदवार रामहरी खरेलले समेत वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । खरेलले आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खरेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय