निजगढ नगरपालिकाको मेयर पदमा शंकर कुमार चिमरीयाले उम्मेदवारी दर्ता गराएका छन् ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा चिमरीयाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
सि पि मैनाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी), नेकपा मालेका तर्फबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।