निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी वडा नगर कमिटी गठन भएको छ । २७ सदस्यीय रहेको सो कमिटीका अध्यक्षमा प्रेम बहादुर स्याङ्बाे, उपाध्यक्षमा अशोक थिङ्ग, जीवन विक, सचिवमा ईन्क कुमारी विक, सहसचिव सूर्यबहादुर लुङ्वा रहेका छन ।

यस्तै सदस्यहरुमा लक्ष्मी सुनार, राजु थापा, निर्मला कुमारी लामा, रत्न लामा, गंगा थिङ्ग, दिल बहादुर मिक्तान पूर्ण बहादुर स्याङतान, निर्मल लामा, सन्चमाया मोक्तन, समिर भुलोन, बिशाल बल, दवा घलान, सुर्य गोले, सिता लामा, माया स्याङतान लगाएत रहेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा समाजवादी प्रेश संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ रहेका थिए भने कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य दिपक सापकोटा उपस्तिथी रहेका थिए।

निजगढ नगर कमिटी अध्यक्ष भिमसेन सापकोटाको अध्यक्षतमा भएको सो कार्यक्रमको सञ्चालन पवन विकले गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय