आगामी निर्वाचनमा नेकपा एमालेबाट निजगढ नगरपालिकको मेयर पदको लागि ६ र उपमेयरको लागि १० जनाले दावेदारी प्रस्तुत गरेका छन ।

एमाले निजगढ नगर कमिटीले उम्मेदवारको टुङ्गो लगाउन भनेर आयोजना गरेको बैठकमा दर्जनभन्दा बढीले मेयर र उपमेयर पदमा आकाक्षा देखाएका हुन ।

बैठकमा एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, सुरथ पुरी, यमबहादुर खडका, दिलबहादुर लामा र लिलादेबी लामिछानेले मेयर पदमा आकाक्षा देखाएका छन ।

त्यसैगरी उपप्रमुख पदमा दुर्गा कोइराला, अन्जु नेपाली, मिरा पोखरेल, शोभा राउत, शर्मिला केसी, सरिता सापकोटा, सरिता राई, सोममाया थिङ्ग, तिलक घलान र गणेश लामाले दावेदारी प्रस्तुत गरेका छन ।

यसअघि मेयर पदको लागि आकांक्षा देखाएका सुदर्शन कोइराला र रामकृष्ण घिमिरेले भने आफ्नो दाबेदारी फिर्ता लिएको घोषणा गरेका थिए ।

त्यसैगरी उपप्रमुखको दावेदारी गर्दै आएकी सोभिया दनुवारले पनि आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय