निजगढमा स्थानीय निर्वाचनमा चौपक्षीय प्रतिस्पर्धा हुने लगभग पक्का भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र ९नेकपा माओवादी, जसपा र नेकपा एकिकृत समाजवादी०को गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच चौपक्षीय प्रतिस्पर्धा हुने बताईएको छ ।

नेकपा माओवादी, जसपा र नेकपा एकिकृत समाजवादीको गठबन्धनका अनुसार गठबन्धनको मोडालिटी बारे छलफल गर्न कांग्रेसले चासो नदेखाएपछि सत्तारुढ ५ दलिय गठबन्धनमा रहेका कांग्रेस बाहेकको दलको भने छुट्टै बैठक गरेर आगामी निर्वाचनमा एकतावद्ध भएर जाने सहमति गरेका छन । उनीहरुबिच मेयर नेकपा माओवादीलाई र उपमेयर नेकपा एकिकृत समाजवादीलाई दिने सहमति भएको बताईएको छ तर कांग्रेससंगको अन्तिम परिणाम नआएकाले अहिले नै के मेयर र उपमेयर भन्नेबारे छलफल नभएको नेकपा एकिकृत समाजवादीका अध्यक्ष भिमसेन सापकोटाले जानकारी दिए ।

यस्तै गठबन्धनमा रेहेका दलहरुबिच एक पटक बैठक बसेको थियो तर त्यस बैठकले कुनै ठोस निर्णय लिन सकेन त्यसैले हामीले हाम्रो उम्मेदवारको टुङो लगाउने कार्यमा लागेको नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सन्तोष दंगालले बताए ।

दंगालले भने, “गठबन्धनमा रेहेका दलहरुबिच तालमेल बारेमा कंग्रेसले खासै चसो दिएका छैन र बिगत झै अन्तिम समयमा आएर निर्णय गर्दा त्यसको परिणाम सोचे अनुरुप नहुने भएकाले गठबन्धनमा रहेका कांग्रेस बाहेकको दलहरुबिच तलमेल हुने भएको छ । हामी गठबन्धन नगरने भन्ने पक्ष भने होइन, उचित मुल्याकन भएको खण्डमा गठबन्धन गर्न तयार छौ ।”

त्यस्तै नेपाली कांग्रेस निजगढ नगर कार्यसमितिका सभापति नवराज तिमल्सिनाका अनुसार गठबन्धनको मोडालिटी बारे तिन पटक छलफल भएको बताएका छन । उनले भने, नेकपा एकीकृत समाजवादीले गत निर्वाचनमा नेकपा एमाले जितेको ८ वडा सहित १० वटा वडाको दाबि गरेको छ । यस्तै माओवादी केन्द्र उपमेयर सहित ५ वटा वडाको माग गरेको भएतापनि हामी गठबन्धनमा रेहेका दलहरुलाई उपमेयर सहित ३ वटा वडा दिने हाम्रो बटमलाईन हो । अब गठबन्धन हुने वा नहुने भन्ने निर्णय दुई तिन दिन भित्र तय हुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हाल वडाबाट सिफारिस लिने कार्यको अन्तिम चरणमा रहेको निजगढ राप्रपा अध्यक्ष खडक प्रसाद उप्रेतीले बताए । उनले भने,”निजगढ राप्रपाले यो पटक वडा देखी मेयर सम्मै आफ्नु उम्मेदवार उठाउने तयारी गरिरहेका छौ । हामी सबैको टुङो यही १० गते सम्ममा गर्ने भएको हुँदा आन्तरिक तयारीमा रहेकोले बताए ।”

यता नेकपा एमालेले भने नगरका १३ वटै वडामध्य केही वडाबाट सर्वसम्मत नाम आएको र बाकीँ वडाबाट अध्यक्ष र सदस्यको नाम सिफारिस गरेको छ भने आजमात्रै मेयर र उपमेयरको नाम समेत सिफारिस गरेको छ । एमालेले उम्मेदवारहरुको टुङो केही दिनमै गरेर चुनावी प्रचार प्रसारलाई तीव्र पार्ने तयारीमा रहेको नेकपा एमाले नगर कमिटी निजगढमन अध्यक्ष सुरथ पुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय